शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतका ७५ जिल्ला लक डाउन

भारतका ७५ जिल्ला लक डाउन

नागरिक पाटी

१०, चैत्र २०७६
  • 5.3K
    SHARES
  • काठमाण्डौ । भारतका २२ वटा राज्यका ७५ वटा जिल्लामा लकडाउन गरिएको छ । जनता कर्फ्यू सकिएलगत्तै आजदेखि राजधानी दिल्लीसहित २२ वटा राज्यका ७५ जिल्लामा मार्च महिनाभरीका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । राजधानी दिल्लीमा आज बिहान ६ बजेदेखि लकडाउन लागू गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् । लकडाउनको बेला निजी प्रतिष्ठान, निजी कार्यालय तथा सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुनेछन् । यो बेला मानिसहरु घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् । यसअघि आइतबार भारतभरी बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागू गरिएको थियो । भारतमा अहिलेसम्म चार सय २५ जनामा संक्रमण भएकोमा आठ जनाको ज्यान गएको छ भने २४ जना उपचारपछि निको भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७६ सोमवार - २०:२२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology