आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिड १९ संक्रमितको संख्या ४ लाख नाघ्यो, १८ हजार ६सय १२ को मृत्यु

कोभिड १९ संक्रमितको संख्या ४ लाख नाघ्यो, १८ हजार ६सय १२ को मृत्यु

नागरिक पाटी

१२, चैत्र २०७६
  • 3.8K
    SHARES
  •   काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा पूरै विश्व परेको छ। बुधबारसम्म यसबाट प्रभावित हुनेको संख्या ४ लाख १७ हजार ५ सय ८२ पुगेको छ भने १८ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्यामा अहिलेसम्म चीन नै अगाडि छ भने मृतकको संख्यामा इटालीले चीनलाई उछिनेको छ। चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय ९१ छ भने निको हुनेको संख्यामा पनि चीन नै अगाडि छ। चीनमा ६० हजार ३ सय २४ जना निको भइसकेका छन्। यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ। मृत्युमा स्पेन तेस्रो नम्बरमा छ। त्यहाँ २ हजार ८ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३९ हजार ८ सय ८५ छ। संक्रमितको संख्याका हिसाबले भने अमेरिका तेस्रो नम्बरमा छ। त्यहाँ ५३ हजार ६ सय ६० जनामा संक्रमण देखिइसकेको छ भने मृतकको संख्या ६ सय नाघेको छ। यसैगरी, इरानमा १९३४, फ्रान्समा ११००, बेलायतमा ४२२, नेदरल्याण्डमा २७६, जर्मनीमा १५७, बेल्जियममा १२२, स्वीजरल्याण्डमा १२२, दक्षिण कोरियामा १२०, इण्डानेसियामा ५५ जनाको मृत्यु भएको छ।  एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७६ बुधवार - १४:०७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology