शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस मानव सभ्यताको लागि खतरा, सबै राष्ट्र मिलेर लड्न संयुक्त राष्ट्रसंघको आग्रह

कोरोना भाइरस मानव सभ्यताको लागि खतरा, सबै राष्ट्र मिलेर लड्न संयुक्त राष्ट्रसंघको आग्रह

नागरिक पाटी

१३, चैत्र २०७६
  • 4.4K
    SHARES
  • काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोभिड १९ (कोरोना भाइरस) मानव सम्भयताका लागि खतरा बनेको बताएका छन्। विश्वभर कहर मच्चाउँदै भाइरस महामारीका रुपमा फैलिरहेको भन्दै उनले सबै राष्ट्रहरुले मिलेर यो भाइरस विरुद्ध लड्नुपर्ने बताए। ‘कुनै पनि देशले एक्लाएक्लै लडेर यो भाइरसलाई जित्न सक्दैन त्यसैले यो भाइरसलाई पराजित गर्न सम्पूर्ण मानव लाग्नुपर्छ।’ उनले भने। उनले विकसित राष्ट्रहरुमा भाइरस नियन्त्रण गर्ने तर विकासोन्मुख राष्ट्रहरुमा भाइरसलाई डढेलो जस्तै फैलिन दिए लाखौं मानिसको मृत्यु हुन सक्ने चेतावनी दिए। कुनैपनि देशले आफैले मात्रै भाइरस नियन्त्रण गर्ने प्रयास गरे त्यसले भाइरसको स्वरुप परिवर्तन हुन सक्ने सम्भावना पनि औंलाए। ‘हाल भाइरसविरुद्ध तयार भइरहेको खोप यसरी परिवर्तित भाइरसका लागि काम नलाग्न पनि सक्छ। त्यसबाट फेरि भयावह अवस्था सिर्जना हुन सक्छ। त्यसैले यो लडाइँलाई सबै मिलेर लड्नु पर्ने बताएका छन । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७६ बिहिवार - १६:१०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology