आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मलेसियामा कोभिड -१९ का कारण २० जनाको मृत्यु

मलेसियामा कोभिड -१९ का कारण २० जनाको मृत्यु

नागरिक पाटी

१३, चैत्र २०७६
  • 4.1K
    SHARES
  • काठमाडौं। मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यसैगरि एक दिनमा १७२ जनामा नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ को संक्रमण भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ७९६ पुगेको छ । मलेसियाका स्वास्थ्य महानिर्देशक नूर हिसाम अब्दुल्लाहले १७२ जना संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी भइरहेको बताएका छन् । १७२ जना नयाँ संक्रमितमध्ये ७१ जना श्री पेटालिङ मस्जिदका रहेको बताइएको छ । मन्त्रालयका ७३ जना स्वास्थ्य अधिकारीहरुलाई पनि कोरोन संक्रमण भएको बताइएको छ । मन्त्रालयका १८९५ स्वास्थ्य अधिकारीहरु कोरोना संक्रमितको उपचारमा खटिएका छन् । उनीहरु सबैको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ११८७ को कोरोना नेगेटिभ देखिएको छ भने अन्य ७०८ जनाको नतिजा आइसकेको छैन ।एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७६ बिहिवार - १७:५८:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology