शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायतमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु

बेलायतमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु

नागरिक पाटी

१४, चैत्र २०७६
  • 6.1K
    SHARES
  • काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् । उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्य रामशरण सिँखडाले जानकारी दिएका छन । शनिबार अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल पुर्‍याइएको थियो । बेलायस्थित नपाली दूतावासका प्रवक्ता शरदराज आरणले बेलायतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७६ शुक्रवार - ०२:३०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology