शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस : बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

कोरोना भाइरस : बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

नागरिक पाटी

२४, चैत्र २०७६
  • 8.9K
    SHARES
  • काठमाण्डौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। आइतवार उनी कोभिड-१९ को परीक्षणका लागि अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ। समाचार संस्था एपीका अनुसार उनमा अझै कोभिड १९ का लक्षणहरु देखिएको छ। १० दिन अगाडिदेखि नै उनमा कोभिड-१९ को संक्रमण भएको हुनसक्ने बाहिर आएको थियो। उनको कार्यालयले लण्डनको कुन अस्पतालमा भर्ना गरिएको भन्ने खुलाएको छैन। प्रधानमन्त्री डाउनिङ स्ट्रीट अफिसले सावधानी अपनाएको र जोनसन अझै सरकारको नेतृत्व गरिरहने बताएका छन्। ५५ वर्षीय जोनसन डाउनिङ स्ट्रीटमा मार्च २६ मा कोभिड-१९ को संक्रमण देखिएपछि होम आइसोलेसनमा थिए। उनी कोभिड(१९ बाट संक्रमित हुने पहिलो सरकार प्रमुख हुन्। बोरिसले होम आइसोलेसनबाटै कार्यालयको दैनिक काम समाल्दै आएका थिए। उनले यसबीच अनेक भिडियो सन्देश जारी गरेका थिए। शुक्रवारमात्र उनले जारी गरेको भिडियोमा आफू ठिक हुँदै गएको र ज्वरो अझै रहेको बताएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०७६ सोमवार - १७:००:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology