आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ७४ हजार भन्दा माथि

कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ७४ हजार भन्दा माथि

नागरिक पाटी

२५, चैत्र २०७६
  • 5.6K
    SHARES
  • काठमाडौं । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् । आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ  . स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ । संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ । पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको कारण फ्रान्समा भयावह अवस्था देखिएको छ । सोमबार एकै दिन फ्रान्समा आठ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण देखिएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । फ्रान्समा मृत्यु हुनेको संख्या अब आठ हजार नौ सय ११ पुगेको छ । इटली र स्पेनपछि युरोपमा कोभिड १९ को असर फ्रान्समा देखिएको छ । बेलायतमा मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ । जर्मनीमा संक्रमित संख्या एक लाख तीन हजार तीन सय ७४ र मृतक संख्या एक हजार आठ सय १० पुगेको छ । इरानमा मृतक संख्या तीन हजार सात सय ३९ पुगेको छ ।अनलाइन खबरको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १६:२७:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology