शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या ७ हजार माथि, संक्रमण तेस्रो चरणमा प्रबेश

भारतमा कोरोना संक्रमितको संख्या ७ हजार माथि, संक्रमण तेस्रो चरणमा प्रबेश

नागरिक पाटी

२९, चैत्र २०७६
  • 7.2K
    SHARES
  • काठमाडौं ।  भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान जारी गरेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ। संक्रमितमध्ये २३९ को मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३५ जनामा थप संक्रमणको पुष्टी भएको छ र ४० जनाको मृत्यु भएको छ। त्यसैगरी स्वास्थ्य उपचारपछि निको हुनेको संख्या ६४३ छ। भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित क्रमशः महाराष्ट्र, तमिलनाडु, केरल र दिल्लीमा छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को तथ्यांक अनुसार कोरोना भाइरस (कोभिड– १९) बाट यस्ता व्यक्तिमा पनि संक्रमण पाइएको छ जो कुनै यात्रामा गएका वा कुनै संक्रमित व्यक्तिको सम्पर्कमा पनि पुगेका थिएनन्। यसले के देखाउँछ भने भाइरसको संक्रमण समुदायको स्तर अर्थात तेस्रो चरणमा पुगिसकेको छ। रोगको संक्रमण समुदाय स्तरमा पुग्यो भने त्यसको रोकथाममा हम्मेहम्मे पर्छ। परिवर्तित रणनीति अनुसार अब रोगको लक्षण देखिएकामा मात्र नभई संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका र संक्रमणको आशंका भएका सबैको नमुना परीक्षण गरिनेछ। यसैबीच पञ्जाव सरकारले लकडाउनको अवधि बढाएर ३० अप्रिलसम्म पुर्‍याएको छ। यसअघि ओडिसाले पनि ३० अप्रिल सम्म नै लकडाउन घोषणा गरिसकेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - १९:२५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology