शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनद्धारा संसारसामु आफ्नो सैन्य शक्ति प्रदर्शन

चीनद्धारा संसारसामु आफ्नो सैन्य शक्ति प्रदर्शन

नागरिक पाटी

१, बैशाख २०७७
  • 7.5K
    SHARES
  • काठमाडौं । चीनले शुक्रवार संसारसामु आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान नजिक युद्धविमानहरूका साथ सैन्य अभ्यास गरेको हो । जनवरी महिनायता चीनले चारपटक यस्तो अभ्यास गरिसकेको छ । ताइवानविरुद्धको संघर्षका लागि चीनको यो पूर्वतयारी भएको विज्ञहरूले बताएका छन् । एच–६ बम्बर, केजे–५०० विमान र जे–११ फाइटर जेटहरूले लामो दूरीको मार हान्ने अभ्यास ताइवान नजिक गरेका हुन् । चिनियाँ युद्धविमानहरू बाशी च्यानल हुँदै पश्चिमी प्रशान्त महासागर पुगेको र त्यही रूट हुँदै फर्केको ताइवानी अधिकारीहरूले बताएका छन् । चिनियाँ मुख्यभूमिका सैन्यविद् तथा टीभी टिप्पणीकार सोङ झोङपिङले ताइवानसँग सम्भावित सैन्य संघर्षको तयारी स्वरूप यी अभ्यासहरू गरिएको बताए । यस्ता अभ्यास नियमित हुने गरेको उनको भनाइ छ । चिनियाँ जनमुक्ति सेनाले यसभन्दा ठूला अभ्यासहरू पनि क्रमशः गर्दै जाने अपेक्षा गरेको बताए । अनि अभ्यासहरू निशानामा बढी लक्षित र निवारक हुने पनि उनको भनाइ छ । पृथक्तावादी शक्तिमाथि आक्रमण तथा विदेशीलाई हस्तक्षेप गर्न नदिनका लागि गरिने कारवाही पनि यसमा पर्ने उनले बताए । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - २०:५२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology