शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

नागरिक पाटी

१, बैशाख २०७७
  • 4.8K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ९१ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा यो भाइरसका संक्रमितको संख्या पाँच लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ । त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित एक लाख ६६ हजार नाघिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - २०:५९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology