आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रौतहटमा एक युवामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ पुग्यो

रौतहटमा एक युवामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ पुग्यो

नागरिक पाटी

२, बैशाख २०७७
  • 5.6K
    SHARES
  • काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको संख्या १४ पुगेको जानकारी सरकारले दिएको छ । स्वास्थ्य मन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पछिल्लोपटक कैलालीकी ५६ वर्षीया वृद्धा र रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका रौतहटका युवकमा परीक्षण गर्दा कोभिड( १९ पोजेटिभ पाइएको सरकारले जानकारी दिएको छ । यस्तै कैलालीकी ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन : परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उनलाई आजै धनगढी ल्याएर आइसोलेसनमा राखिएको बताइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । प्रदेशगत रूपमा भन्दा सबैभन्दा बढी सुदूरपश्चिममा ५, प्रदेश २ मा ४, गण्डकीमा २ र बाग्मतीमा २ जना उपचाररत छन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - ०१:००:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology