आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छि गाउँपालिकामा विदेशबाट आएका ३६ जनाको कोरोना जाँच, सबैको रिर्पोट नेगेटिभ

गल्छि गाउँपालिकामा विदेशबाट आएका ३६ जनाको कोरोना जाँच, सबैको रिर्पोट नेगेटिभ

नागरिक पाटी

२, बैशाख २०७७
  • 7.3K
    SHARES
  • धार्के । धादिङको गल्छि गाउँपालिकामा विदेशबाट आई घरमै क्वारेन्टाईनमा बसिरहेका ३६ जनाको कोरोना जाँच गर्दा रिर्पोट नेगेटिभ आएको छ । गल्छि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवालीका अनुसार ¥यापिड टेस्ट किट प्रयोग गरेर जाँच गर्दा ३६ जनाकै रिर्पोट नेगेटिभ आएको हो । उहाँले वडा नम्बर ८को गोगनपानि स्वास्थ्य चौकीमा १७ जना र वडा नम्बर ७ को आधारभुत स्वास्थ्य केन्द्रमा ३ जना , वडा नम्बर ६ का २ र वडा नम्बर ४ का २ जनाको बैरेनी स्वास्थ्य चौकीमा वडा नम्बर ५को आधारभुत स्वास्थ्य केन्द्रमा १ जना ,वडा नम्बर ३ को आधारभुत स्वास्थ्य केन्द्रमा ३ जना र वडा नम्बर २ को आधारभुत स्वास्थ्य केन्द्रमा ८ जनाको जाँच गरिएको बताउनुभयो । शनिबार गाउँपालिकामा टेस्ट किट उपलब्ध भएपछि आईतबार र सोमबार विदेश वाट २०७६ साल चैत्र महिनामा आएकाहरुको जाँच गरिएको हो । गाउँपालिकामा ४० वटा किट बागमती प्रदेश सरकारले उप्लब्ध गराएको गाउँपालिकाले बताएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - ०१:४६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology