आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दक्षिण एशियामा कोरोना भाइसरबाट ४९१ जनाको मृत्यु, १६ हजारभन्दा बढी संक्रमित

दक्षिण एशियामा कोरोना भाइसरबाट ४९१ जनाको मृत्यु, १६ हजारभन्दा बढी संक्रमित

नागरिक पाटी

२, बैशाख २०७७
  • 5.3K
    SHARES
  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ। चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमणबाट हालसम्म संसारभर १ लाख १५ हजार २ सय ६९ जनाको मृत्यु भएको छ भने साढे १८ लाखभन्दा बढी संक्रमित बनेका छन्। पछिल्लो समय दक्षिण एशियाली राष्ट्रहरु समेत कोरोना भाइरसको चपेटामा पर्दै गएका छन्। दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ सय ९१ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। दक्षिण एशियाली राष्ट्रहरुमध्ये भारत कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ सय ३१ जनाको मृत्यु भएको छ भने ९ हजार २ सय ४० जनामा संक्रमण देखिएको छ। भारतपछि पाकिस्तानमा कोरोनाको संक्रमण दर तीब्र देखिएको छ। हालसम्म पाकिस्तानमा ५ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९३ जनाले ज्यान गुमाएका छन्। दक्षिण एशियाका ८ देशमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये तेस्रो स्थानमा बंगलादेश रहेको छ। हालसम्म बंगलादेशमा कोरोनाबाट ३९ जनाले ज्यान गुमाएका छन् भने ८ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अफगानिस्तानमा पनि कोरोनाको प्रभाव बढ्दै गएको छ। हालसम्म २१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएको अफगानिस्तानमा ६ सय ६५ जना कोरोनाबाट संक्रमित बनेका छन्। श्रीलंकामा अहिलेसम्म २ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाले ज्यान गुमाएका छन्। अन्य तीन देश माल्दिभ्स, नेपाल र भुटानमा भने हालसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। तर संक्रमण भने देखिएको छ। माल्दिभ्समा हालसम्म २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै नेपालमा १४ जना र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालमा आइतबार र सोमबार मात्रै पाँच जना नयाँ संक्रमित भेटिएका छन्। आइतबार वीरगञ्जमा तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। सोमबार दुई जना थपिएका छन्। कैलालीमा एक महिला र रौतहटमा एक १९ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  यो सामग्री वर्ल्डोमिटरको तथ्यांकको आधारमा तयार पारिएको हो।  देश सञ्चारबाट

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - ०२:४९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology