२, बैशाख २०७७
काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख १९ हजार ६९२ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २४ हजार ६७९ जनामा संक्रमण पाइएको छ ।
त्यस्तै महामारीबाट संक्रमित ४ लाख ४५ हजार ५ जना उपचार पछि निको भएका छन् । विश्वमा यो समाचार तयार पार्दासम्म ५१ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म २३ हजार ६४० जनाले ज्यान गुमाएका छन् भने स्पेनमा अहिलेसम्म १७ हजार ७५६जनाको ज्यान गएको छ ।
त्यस्तै इटालीमा २९ हजार ४६५,फ्रान्समा १४ हजार ९६७,जर्मनीमा ३ हजार १९४, बेलायतमा ११ हजार ३२९, चीनमा ३ हजार ३४१, ईरानमा ४ हजार ५८५, टर्कीमा १ हजार २९६, बेल्जियममा ३ हजार ९०३, नेदरल्याण्ड्समा २ हजार ८२३, स्विट्जरल्याण्डमा १ हजार १३८, क्यानडामा ७८० र ब्राजिलमा अहिलेसम्म १ हजार ३५५ जनाले ज्यान गुमाएका छन् । एजेन्सीको सहयोगमा
प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार -
१६:४१:४७ बजे