आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा र्‍यापिड टेष्टमा एक व्यक्तिमा कोरोना पोजेटिभ

धादिङमा र्‍यापिड टेष्टमा एक व्यक्तिमा कोरोना पोजेटिभ

नागरिक पाटी

३, बैशाख २०७७
  • 12.8K
    SHARES
  • धादिङ । धादिङमा एक व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएका ब्यक्तिमा कोरोना देखिएको हो । कोरोना देखिएका ब्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाइ जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावालाइ थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा .भुवन पौडेलले जानकारी दिनु भएको छ । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका ब्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार - ०१:५७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology