आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ब्यालेन्स सकिएका ग्राहकलाई एनटीसीको निःशुल्क सेवा (सेवा लिने यस्तो छ तरीका)

ब्यालेन्स सकिएका ग्राहकलाई एनटीसीको निःशुल्क सेवा (सेवा लिने यस्तो छ तरीका)

नागरिक पाटी

९, बैशाख २०७७
  • 7.7K
    SHARES
  • काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा .युवराज खतिवडाको पहलमा नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराइने भएको छ। यस्ता झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने अर्थमन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले जानकारी दिए। यो सेवा आज राति १२ बजेबाट लागू हुनेछ। ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गरिनेछ  : १. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने २५ वटा अन–नेट एसएमएस ५० मिनेट अन–नेट भ्वाइस १०० एमबी डाटा प्याकेजको अवधि ७ दिनको हुनेछ। २. सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध गराइनेछ । ३.सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने ४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने ५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने ६. सो प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई माथिको नियमअनुसार उपलब्ध गराइने

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - ०२:०५:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology