आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डा.महावीर पुन लगायतको सहभागितामा नेपालमै निर्माण भएको एन ९५ मास्कको ल्याब टेष्ट सफल

डा.महावीर पुन लगायतको सहभागितामा नेपालमै निर्माण भएको एन ९५ मास्कको ल्याब टेष्ट सफल

नागरिक पाटी

१३, बैशाख २०७७
  • 6.5K
    SHARES
  • काठमाण्डौ । युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुको सहभागितामा निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ । गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले बताउनु भएको हो । उहाँले यस मास्कमा हेपा९एचइपीए० फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी गराउनु भएको छ । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दापनि राम्रोसँग ०।३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ । मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्धय प्रदिप कार्की र नविन अधिकारीले गर्नुभएको पुनले जानकारी गराउनु भएको छ । नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उहाँले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई धन्यवाद दिनु भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - १४:३०:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology