आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार नमुना परिक्षण

पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार नमुना परिक्षण

नागरिक पाटी

१४, बैशाख २०७७
  • 5.9K
    SHARES
  • काठमाडौँ । नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार ३३६ जनाको नमुना परिक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ९ हजार ६६६ तथा र्यापिड टेस्टबाट ३९ हजार ३३६ जनाको नमुना परिक्षण भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले अहिले देशभर क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको जानकारी दिएका छन् । त्यस्तै अहिले आइसोलेसन उपत्यकामा ३ जना र बाहिर ८४ गरि कुल ८७ जना रहेको उनले बताएका छन् । नेपालमा आज थप संक्रमित नदेखिएको प्रवक्ता देवकोटाले बताएका छन् । हिजो शुक्रबार संक्रमण पुष्टि भएका झापा निवासी ६२ बर्षका पुरुषको छोरा गत चैत्र ४ गते दुवईबाट आएको र र्यापिड टेस्टमा उनीसहित परिवारका तीन सदस्यमा पोजेटिभ देखिएको र पछि पिसिआर परिक्षण गर्दा ६२ बर्षिय पुरुषको मात्र पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा अहिलेसम्म १२ जना ठिक भएर घर फर्किएका छन् । पछिल्लो डिस्चार्ज हुनेमा भरतपुर अस्पतालमा उपचाररत एक जना आज डिस्चार्ज भएका हुन् । योसँगै कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमित ३० जनाको उपचार भइरहेको छ भने त्यस्तै अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा ५ जना, भरतपुर अस्पतालमा एक जना र शुक्रराज अस्पतालमा एक जना रहेका छन् । खरीबोटबाट

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - ००:५४:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology