आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चिया बेचेरै अर्बपति

चिया बेचेरै अर्बपति

नागरिक पाटी

१४, बैशाख २०७७
  • 5.4K
    SHARES
  • काठमाडौं । केही बर्ष पहिले अमेरिकी महिला ब्रुक एडी भारत पुगिन् । उनी भारतमा चियाको पारखी भएर आफ्नै देश फर्किईन् । उनले आफ्नो देशमा चिया पकाएर बेच्न शुरु गरिन् । चिया पसल धेरै चलेपछि उनी अहिले करोडपति बनेकी छिन् । उनले शुरुमा चियाको व्यापारलाई पार्टटाईमको रुपमा चलाउने गरेकोमा मालामाल हुन थालेपछि फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् । समाचारमा जनाईए अनुसार उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरिसकेकी छिन् । भारतमा उनलाई चियाको स्वाद निकै मन परेको थियो । आफ्नो देश फर्किएपछि उनी एक दिन नजिकैको क्याफेमा चिया पिउन गईन्, तर भारतमा जस्तो चियाको स्वाद उनले पाईनन् । त्यसपछि उनले त्यही स्वादको चिया आफूले बनाउने संकल्प गरिन् । त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोवार शुरु गरिन् । शुरुमा भारतीय चियाको स्वाद दिन उनलाई समस्या भए पनि बिस्तारै सिक्दै गईन् । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १४:४४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology