आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नारायणी अस्पताल उपचाररत चार जना घर फर्किए,निको भएर घर फर्किनेको संख्या १६ पुग्यो

नारायणी अस्पताल उपचाररत चार जना घर फर्किए,निको भएर घर फर्किनेको संख्या १६ पुग्यो

नागरिक पाटी

१५, बैशाख २०७७
  • 6.5K
    SHARES
  • काठमाण्डौं । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको आज आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिएका छन ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - ०१:००:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology