आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अपडेट : कोरोनाबाट मर्नेको संख्या कमि, ३७ सय बढीको मृत्यु, करिब ७४ हजार बिरामी थप

अपडेट : कोरोनाबाट मर्नेको संख्या कमि, ३७ सय बढीको मृत्यु, करिब ७४ हजार बिरामी थप

नागरिक पाटी

१५, बैशाख २०७७
  • 5.0K
    SHARES
  • काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण र मृत्युदर पछिल्लो समय घट्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो । शनिबार विश्वभर ९० हजार ७३१ जना मानिस कोरोना संक्रमित भएका थिए । यसैगरी २४ घण्टामा कोरोनाको संक्रमण घटेसँगै मृत्युदर पनि घटेको छ । आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो । आइतबार कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकासहित यूरोपका अन्य देशहरुमा पनि कोरोना प्रभाव घटेको देखिएको छ । आइतबार अमेरिकामा १ हजार १५७, स्पेन २८८, इटली २६०, फ्रान्स २४२, यूके ४१३ र ब्राजिलमा २२६ संक्रमितको मृत्युभएको छ । कोरोनाबाट हालसम्म विश्वभर २ लाख ६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २९ लाख ९४ हजार संक्रमित रहेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - १५:३५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology