२०, बैशाख २०७७
धादिङ । विश्वभर माहामारीका रुपमा फैलिरुहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न विश् नै वन्दावन्दी अवस्थामा रहेको छ । नेपाल पनि गत चैत ११ गतेदेखि वन्दावन्दी अवस्था रहेको छ । वन्दावन्दीमा दैनिक ज्यालामजदुरी आश्रित परिवारहरुलाई लक्षित गरि सरकारले राहत प्याके वितरण गरिरहेको छ ।
राहत प्याकेजले मात्र गरिव तथा विपन्न र दैनिक ज्याला मजदुरीमा आश्रित परिवारका एक सदस्यलाई श्रममा आधारित रोजगारमा कार्यक्रम शुरु गरेको नेत्रावती डबजोङ गाँउपालिका अध्यक्ष दुर्गा नारायण शाक्यले बताए ।
नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज वितरण ग¥यौ ।
त्यो राहतले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवालाई लक्षित गरि खाद्यान्न संकट टार्न आपतकालिन रोगारका लागि श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौ । यस कार्यक्रममा सहभागि हुने श्रमदाता वडाबाटै छनौट गरि वडाकै सार्वजनिक निमार्णमा लगाउने र गाँउपालिकाले निर्धारण गरेका सात सय पचास रुपयाँ ज्याला दिने गरि वडा नं. ३ बाट वैशाख १५ गतेबाट काम शुरु गरेको अध्यक्ष शाक्यले बताए । ममा आधारित रोजगार कार्यक्रमबाट सडक र्ममत सुधार, खानेपानी मर्मत सुधार तया मुहान सरसफाई, चौतारा निमार्ण, कुलो मर्मत तथा सुधार गर्ने छन् । सम्वन्धित वडामा काम पुरा भए अर्को वडामा समेत काम गर्न पाउने छन् ।
कार्यक्रममा को को सहभागी हुन पाउने समेत टुङ्गो लगाइसकेका छौ । वडा नं. १ मा ३५ जना, २ मा ३० जना, ३ मा २७ जना, ४ मा ३५ जना र ५ ३५ जना गरी जम्मा १ सय ६२ जना वेरोजगारलाई तत्काल रोजगार आवश्यक भएकाले रोजगारी दिएको छ । रोगजारी दिदाँ सार्वजनिक काम पनि हुने मजदुरी गर्नै पर्ने परिवारका खाद्यान्न संकट टार्न सहजता पनि हुने भएकाले काम शुरु गरेका छौ । वन्दावन्दीको समय लम्विए मजदुरी गर्नेको संख्या थपिन सक्ने अध्यक्ष शाक्यको भनाइ छ ।
लकडाउनको पूर्ण पालनमा खटिएको गाँउपालिकाले पहिलो चरण्मा क्यानेटाइनमा राखेकाले विदाई गरेपछि अहिले सवैलाई होम क्वारेनटाइमा बसाएको छ । माइतीमावली, आफन्त भेटघाटमा आउजाउ वन्द गराएको छ । कृषिको काम गर्न पनि सकेसम्म एकापरिवार र अर्मपर्म गर्नु परेपनि थोरै संख्यामा खेतला बोलाएर काम गर्न आग्रह गरिरहेको छ । यस गाँउपालिकाका दुवईबाट फर्केका युवा नेपालमा कोरोना भाइरस पोजेटिभ देखिने तेश्रो व्यक्ति हुन । ति युवा अहिले कोरोना भाइरसलाई जितेर डिसर्चाज भइसकेकाछन् । यस गाँउपालिकामा भारत सहित अन्य देशबाट यो अवधिमा फर्केको संख्या ९० जना, काठमाण्डौबाट गाँउपालिकाले नै ल्याएको संख्या दुई सय २० जना र अन्य संयन्त्रबाट आउने एक सय जना र जिल्ला भित्र मजदुरी गरेर फर्केको संख्या २० जना रहेको गाँउपालिकाले जनाएको छ ।
मानिसहरुलाई संक्रमणबाट बचाउन सामाजिक दुरी कायम गर्ने, विदेश तथा अन्य भुगोलबाट आएकाहरुलाई क्वारेनटाइन वा हो क्वारेनटाइनमा राख्ने, आर डि टी परिक्षण गर्ने र बारम्वार सावुनपानीले हात धुने लगाएतका उपायहरु अवलम्वन गरिएको छ । संक्रमण फैलन एक गाँउबाट अर्को गाँउसम्म जान बाटोमा छेकवारसम्म गरिएको छ । पछिल्लो समय यस गाँउपालिकामा तर मानिसहरुको दैनिक जिवनमा आवश्यक पर्ने खाद्य समाग्राी र औषधी ढुवानी विना अवरोध ढुवानी भइरहेको छ ।
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार -
२०:१०:५७ बजे