आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राती अबेर सुत्दा के फरक पर्छ ?

राती अबेर सुत्दा के फरक पर्छ ?

नागरिक पाटी

२७, बैशाख २०७७
  • 7.0K
    SHARES
  • घर बाहिर जानु छैन । कामको चटारो छैन । दिनभर घरमै बस्ने त हो । किन चाडै सुत्नु रु मध्यरातसम्म बसे भइहाल्छ । बिहानसम्म सुते भइहाल्छ । अहिले धेरैले गर्नसक्ने तर्क हो यो । एक हिसाबले ठिकै लाग्छ, ‘दिउँसो काममा जानु छैन । रातभर जागे के फरक पर्छ रु टिभी हेर्दै, फेसबुक चलाउँदै मध्यरातसम्म बस्न सकिन्छ ।’ तर, जसरी हाम्रो सुत्ने तालिका र’ डबड हुन्छ, स्वास्थ्य पनि गडबड हुन्छ । यसले हाम्रो नियमित सुत्ने तालिका लथालिंग बनाइदिन्छ । अन्य दिनमा हामी जसरी नियमित सुत्ने र उठ्ने तालिका पालना गथ्र्यौं, त्यो बिग्रिन्छ । र, यसको असर लामो समयसम्म रहिरहन्छ । अर्थात अरु बेला हामी ९–१० बजेभित्र सुत्ने गथ्र्यौं । त्यही समयमा झ्याप्प निद्रा लाग्थ्यो । बिहान ५–६ बजे निद्राले छाड्थ्यो । ज्यान चंगा हुन्थ्यो । सबै काम नियमित हुन्थ्यो । तर, जब राती सुत्ने तालिका मिल्दैन, दिनचर्या नै बिग्रिन्छ । न खाने समय मिल्छ, न काम गर्ने । यसरी जथाभावी खाने, बस्ने र काम गर्ने शैलीले स्वास्थ्यमा हानी गर्छ । के हुन्छ समस्या ? राती अबेरसम्म बस्ने । बिहानभर सुत्ने बानीले मधुमेहको जो’खिम बढाइदिन्छ । टाइप २ मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग लग्ने संभावना अधिक हुन्छ । चिकित्सकका अनुसार राती ढिलो सुत्ने व्यक्तिमा गलत खानपानको बानी बस्छ । त्यसले मोटोपन र मुटु रोगको समेत समस्या निम्त्याउँछ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०७७ शनिवार - २३:२३:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology