शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिवेश अमेरिकन आइडलको फाइनलमा

दिवेश अमेरिकन आइडलको फाइनलमा

नागरिक पाटी

५, जेठ २०७७
  • 4.1K
    SHARES
  • काठमाडौं । नेपाली युवा दिवेश पोखरेल ९आर्थर गन० अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउण्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनु पर्ने नियम छ । एक घण्टासम्म खुल्ला रहने भोटिङमा सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछन् । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुती दिइरहेका छन् । टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका शिलशिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - १५:४१:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology