शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबारे भ्रम फैलाएको आरोपमा हेटौंडामा एक जना पक्राउ

कोरोनाबारे भ्रम फैलाएको आरोपमा हेटौंडामा एक जना पक्राउ

शिवराज आचार्य

११, जेठ २०७७
  • 5.5K
    SHARES
  • मकवानपुर । पूर्व संविधान सभा सदस्य एवं सत्तारुढ नेकपाका नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका विषयमा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडामा एक जनालाई पक्राउ गरेको छ। नेता पौडेलका विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा बाराको निजगढ नगरपालिका १२ रतनपुर घर भएका नितेश रिजाललाई प्रहरीले पक्राउ गरेको हो। रिजाललाई वडा प्रहरी कार्यालयले भैरवरोडबाट आज आइतबार पक्राउ गरेको हो । हेटौँडा डुबाउँदैछ’ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेको कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - २३:०३:१२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology