बुधवार, मंसिर २ गते २०८३

Wednesday, Nov 18 2026 बुधवार, मंसिर २ गते २०८३

चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

नागरिक पाटी

३०, कार्तिक २०८३
  • 967
    SHARES
  • चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

    मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गएराती १:४५ बजेको समयमा सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

    images

    प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१ ०३५ च ४५६१ नम्बरको सेतो रङको एसयुभी जिपलाई रोकी जाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछाडिको डिकीमा रहेको कालो रङको लगेज ब्यागभित्र लत्ताकपडामा लुकाइछिपाइ सेतो प्लास्टिकले बेरेर ल्याइएको ५ पोका चरेस फेला परेको हो। 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-३ सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने गाडी चालक ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।

    बरामद गरिएको लागुऔषध, सवारी साधन र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०८३ सोमवार - ०८:५२:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology