शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

शिवराज आचार्य

१३, जेठ २०७७
  • 4.4K
    SHARES
  • काठमाडौं । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा युवाहरुको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् । झडपमा बेपत्ता तीन जना युवाको शव फेला परेको छ भने चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन१९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् । घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।’ उहाँले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।’ करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ । उज्यालो अनलाइको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १७:१४:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology