काठमाण्डौं । बाँकेको अगैया भएको बस दुर्घटनामा मुत्यु हुनेको १२ पुग्यो छ। भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। २ स्थित ठोरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो। घटनामा २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नं ५ का प्रहरी प्रवक्ता राजकुमार बैदारले जानकारी दिएका छन। पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदां उक्त घटना घटेको हो। मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।