आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अरुले छुवाछूत गर्यो भनेर रोइलो गर्नु भन्दा दलित भित्रको छुवाछूत हटाउन आवश्यक छ कि छैन ?

अरुले छुवाछूत गर्यो भनेर रोइलो गर्नु भन्दा दलित भित्रको छुवाछूत हटाउन आवश्यक छ कि छैन ?

नागरिक पाटी

२३, जेठ २०७७
  • 10.8K
    SHARES
  • अरुले छुवाछूत गर्यो भनेर रोइलो गर्नु भन्दा दलित भित्रको छुवाछूत हटाउन आवश्यक छ कि छैन ?

    राजकुमार थापा

    images

    उहाँ हरुले बनाउनु भएको लुगा चल्छ ,भाडा चल्छ ,सुन चल्छ
    तर जात र छोएको पानी चल्दैन
    मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन

    यो जात भात भन्ने कुरा कुनै जमानामा उपल्लो जात र केहि कथित टाटो बाठाहरुले काम बाँडेको हो। यो सरासर गलत नै हो जुन आज को २१ औँ शताब्दीमा समेत जात कै आधारमा, मानिस को युद्धको भन्दा क्रुर तरिका ले हत्या हुन्छ फेरि सत्ता पक्ष कै केही थान नेता हत्यारालाई बचाउन लाग्छ्न।

    तर अरुले भन्यो अरुले छुवाछूत गर्यो भनेर रोइलो गर्नु भन्दा दलित भित्रको छुवाछूत हटाउन आवश्यक छ कि छैन ? आफै भित्र भित्रै छुवाछूत गर्ने अनि अरुले गर्यो भनेर गोहि को आँसु किन। सन्सार परिबर्तन गर्न त सुरुवात आफै बाट गर्ने पर्ने होइन र ?

    सुनारले कामीले छोएको नखाने,
    कामीले दमाईले छोएको नखाने,
    दमाईले सार्कीले छोएको नखाने,
    सार्कीले गाइनेले छोएको नखाने,
    गाइनेले बादीले छोएको नखाने,
    बादीले डुमले छोएको नखाने,
    छुवाछुत बीच मै छुवाछुत छ।

    म चै के भन्छु भने यो दलित भनेर जब सम्म सरकारले कोटा छुट्टाइरहन्छन तब सम्म यो प्रथा अन्त्य होला जस्तो मलाई लाग्दैन । किन कि सबै दलित बिप्पन हुदैनन अनि सबै बाहुन छेत्री नेवार सम्पन्न हुदैनन ।

    जात को आधारमा होइन गरिबी को आधार मा कोटा छुट्टाउ सब बिस्तारै हराउदै जान्छन ।
    मानिसको जात भात रङ्ग हेरेर हामी किन दङ्ग छौ ।
    यो जात त्यो जात भन्दा हामी नेपाली हौ।
    देश र भुगोल रहे नै पो बल्ल हामी छौ ।

    लेखक थापालाई प्रतिक्रिया दिन चाहनु हुन्छ भने ९८५११६७७६९ मा फोन गर्न सक्नुहुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १९:४७:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology