धादिङ । धादिङमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि भारतबाट नेपाल फर्किएका नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय पुरुषमा कोरोना सकंम्रण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । सक्रंमितको अवस्था सामान्य रहेको र धादिङबेसीको आइसोलेसनमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।