धादिङ । धादिङका १६ जनामा कोरोना सँक्रमण भएको छ । सोमबार एकैदिन १६ जनालाई कोरोना सँक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डा भुवन पौडेलले नागरिकपाटीलाई जानकारी दिनुभयो ।
भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएका ब्याक्ति हरुमा संक्रमण भेटिएको हो । क्वारेन्टिनमा बस्दै आएका ब्याक्ति हरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाव संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोट पोजेटिभ आएको जनाईएको छ ।
यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।