आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको भवनलाई आईसुलेशन सेन्टर बनाईने

गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको भवनलाई आईसुलेशन सेन्टर बनाईने

आशिष ठकुरी

२६, जेठ २०७७
  • 14.2K
    SHARES
  • गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको भवनलाई आईसुलेशन सेन्टर बनाईने

    धादिङ । धादिङको गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्र्तगतको भवनलाई आईसुलेशन सेन्टर बनाईने भएको छ । सोमबार सँकट व्यवस्थापन केन्द्र सिएमसीले बैठकले गजुरी १ मा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्र्तगतको भवनलाई आईसुलेशन सेन्टर तोक्ने निर्णय गरेको हो । बैठकले सो को सम्पुर्ण व्यवस्थापन गजुरी गाउँपालिकाले गर्ने निर्णय गरेको छ ।
    कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सोमबार सिएमसीको बैठकले जिल्ला स्थित डिभिजन बन कार्यालयमा थप आईशोलेसनलाई बेड राख्ने पनि निर्णय गरेको छ ।

    images

    यस्तै बागमती प्रदेश सरकार सँग आईसुलेसन व्यवस्थापनका लागि १० लाख माग गर्ने र आईसुलेशन पहिचानका लागि स्वास्थ्य कार्यालयका प्रमुखको सँयोजकत्वमा समिती गठन गर्ने निर्णय बैठकले गरेको छ ।  यसैगरी स्वाब सँकलनका लागि आवश्यक पर्ने भिटिएम निलकण्ठ नगरपालिकाले खरिद गरि व्यवस्था गर्ने र जिल्लाका अन्य स्थानिय तहहरुलाई समेत आवश्यक भिटिएम मौज्दात राख्ने व्यवस्था गर्ने निर्णय भएको छ ।  यसैगरी बैठकले स्वास्थ्य व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको सँयोजकत्वमा समिती गठन गर्ने र आईसुलेसनमा रहेका सँक्रमितहरुको चिकित्सकीय सेवा जिल्ला अस्पतालले गर्ने निर्णय भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १८:१४:२४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology