शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका १६ सहित थप २७९ जनामा कोरोना संक्रमण तर नझुक्किनुस् धादिङको तथ्याङ्क नयाँ होईन !

धादिङका १६ सहित थप २७९ जनामा कोरोना संक्रमण तर नझुक्किनुस् धादिङको तथ्याङ्क नयाँ होईन !

आशिष ठकुरी

२८, जेठ २०७७
  • 17.0K
    SHARES
  • धादिङका १६ सहित  थप २७९ जनामा कोरोना संक्रमण तर नझुक्किनुस् धादिङको तथ्याङ्क नयाँ होईन !

    धादिङ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया विफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले धादिङमा थप १६ जना व्यक्ति कोरोना सँक्रमित भएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १२ जना पुरुष र ४ जना महिला सँक्रमित रहेको जानकारी गराएका हुन् ।

    images
    images

    यद्यपी धादिङमा सोमबार नै सार्वजनिक भएको कोरोना सँक्रमितको सँख्या स्वास्थ्य मन्त्रालयको मिडिया विफ्रिङमा बुधबार जानकारी गराईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत डा भुवन पौडेलले नागरिकपाटी डटकमलाई बताए । उनले मन्त्रालयमा रिर्पोट गराउन ढिला भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा सँकलन गरेर पठाईएको स्वाबको नतिजा आज जानकारी गराईएको बताएका हुन् । यस अघि धादिङको निलकण्ठ नगरपालिकाका १६ जनामा कोरोना सँक्रमण भएको समाचार प्रकाशित भईसकेका छन् । यस्तै गजुरीको मानसिक समस्या भएकी महिलाको स्वाब सँकलन गरेर चितवन पठाईएकाले त्यहाँबाट मन्त्रालयमा रिर्पोट हुन बाँकी रहेको हुन सक्ने डा. पौडेलको भनाई छ ।

    यो सँगै नेपालमा थप २७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ २७९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

    बुधबारसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । बुधबारसम्म १ लाख १० हजार ७४४ पिसिआर परीक्षण गरिएको र १ लाख ७२ हजार ८८० आरडिटी परीक्षण गरेको उनले जानकारी दिए । बुधबारसम्म १ लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ६७५ जना आइसोलेसनमा रहेका छन् । बुधबारसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १६:५८:५० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology