गल्छी । धादिङको गल्छी गाउँ पालिकाको श्री बागेश्वरी माध्यमिक विद्यालय गल्छी,६ बैरेनीमा निर्माण गरिएको अस्थाई क्वारेन्टाईनमा बसेका १५ जना आज घर फर्किएका छन् ।
उनिहरु निश्चित अवधि पूरा गरि १० जनाको पिसिआर नेगेटिभ र ५ जनाको आरडिटी नेगेटिभ अस्थाई क्वारेन्टाईनमा बसेका मध्ये १५ जना एकजना बालिका सहित २ जना महिला र १३ जना पुरुष घर फर्किएका गाल्छी गाउँ पालिकाको स्वास्थ सह समंयोजक शिव पौडेल ले जानकारी दिनुभयो । उहाँहरु वडा १ को ६ जना,२ को ८ जना र ८ का १ जना व्यक्तिहरु हुनुहुन्छ । सबै जना भारत बाट आएका हुन् ।
गल्छी गाउँ पालिकाको अध्यक्ष कृष्णहरि श्रेष्ठ ज्यू , वडा नं ६ वडाध्यक्ष राजन श्रेष्ठ ज्यू, वडा नं.२ वडाध्यक्ष षडानन्द खनाल एबम् वडा नं. ४ वडाध्यक्ष राजु अधिकारी ज्यू लगायत गा.पा. स्वास्थ्य कर्मीको उपस्थितिमा उनीहरुलाई सम्बन्धित ब्यक्तिको परिवार सदस्यलाई जिम्मा लागाईएको हो । अब ४ जना क्वारेन्टाइनमा छन ।