मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ का वडा अध्यक्ष मानबहादुर स्यांङ्तानको मृत्यु भएको छ । कलेजो क्यान्सरका कारण चितवनको मेडिकल कलेजमा उपचार गराईरहनु भएका स्यांङ्तानको हिजो राती निधन भएको हो ।
नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालिन साविक हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्ष समेत भएका स्यांङ्तानको शवलाई आज अन्त्यष्टी गरीने तयारी गरिएको परिबारले बताएका छन् ।