धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण ९कोभिड १९० पुष्टि भएको छ । जेठ २७ गते स्बाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएकोमा पीसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिएका छन् ।
भारतबाट आइ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका पुरुषमा कोरोना पुष्टि भएको हो । उनी अहिलेपनि क्वारेन्टिनमा नै रहको जनाईएको छ । यो सँगै धादिङमा कोभिड १९ पुष्टि हुनुेको संख्या ३१ पुगेको छ ।