शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान संसोधनका लागि आज संसद बैठक

संविधान संसोधनका लागि आज संसद बैठक

नागरिक पाटी

३१, जेठ २०७७
  • 9.3K
    SHARES
  • संविधान संसोधनका लागि आज संसद बैठक

    काठमाण्डौ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिन आज संसदमा निर्णयार्थ पेश हुँदैछ । सबै राजनीतिक दल प्रस्तावको पक्षमा रहेकाले पारित हुने लगभग निश्चित छ ।

    images
    images

    नेपालको संविधान २०७२ दोस्रो पटक संसोधन हुन लागेको हो । गत १८ जेठमा संसदमा संसोधन प्रस्ताव दर्ता भएको थियो । आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले आजै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यसअघि भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जमिन समेटेको थियो । उक्त भूमिमा चीन जोड्ने सडक समेत बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेर नक्सामा आफ्नो भूभाग समेटेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - ०८:४७:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology