शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको नीलकण्ठ नगरपालिकाका थप २३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ८२ पुग्यो

धादिङको नीलकण्ठ नगरपालिकाका थप २३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ८२ पुग्यो

शिवराज आचार्य

३१, जेठ २०७७
  • 15.3K
    SHARES
  • धादिङको नीलकण्ठ नगरपालिकाका  थप २३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ८२ पुग्यो

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा। सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

    images
    images

    संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीय महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नं ४ का २३ वर्षीय पुरुष, वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नं १४ का ३२, ३५ वर्षीय महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

    क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै धादिङमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित देखिएका मध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १७:०३:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology