शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

“सिकेको सिपको सदुपयोग गरौं, स्वरोजगार भई आत्मनिर्भर बन्नौँ : उपाध्यक्ष तिमील्सीना

“सिकेको सिपको सदुपयोग गरौं, स्वरोजगार भई आत्मनिर्भर बन्नौँ : उपाध्यक्ष तिमील्सीना

विपिन मल्ल

३२, जेठ २०७७
  • 11.7K
    SHARES
  • “सिकेको सिपको सदुपयोग गरौं,  स्वरोजगार भई आत्मनिर्भर बन्नौँ  :  उपाध्यक्ष तिमील्सीना

    धादिङ । गल्छि गाँउपालिकाले “सिप सिकौ स्वरोजगार बनौँ” भन्ने मुल नारा सहित आयोजना गरेको ४५ दिने ढाकाको कपडा बुनाई तालिम सम्पन्न भएको छ ।

    images
    images

    समापन कार्यक्रका प्रमुख अतिथि गल्छि गाँउपलिका का उपाध्यक्ष राधा तिमील्सीना ले “सिकेको सिपको सदुपयोग गर्दै यसलाई निरन्तरता दिई स्वरोजगार भइ आफु आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै यसको बजारकिरण गर्नको लागि पनि आफुले सहयोग गर्ने बताउनु भयो । ”

    विशेष अतिथि गल्छि गाँउपलिका का कार्यकारी अधिकृत मोहन कुमार श्रेष्ठ, सभापति राजन श्रेष्ठ र वडा अध्यक्षहरुको तर्फ बाट बोल्नु भएको राजु अधिकारीले “सिकेको सिपको सदुपयोग गर्दै यसमा अझ दक्षता हासिल गर्न चाहनेले समुह बनेर गाँउपालिकामा माग गर्न आएमा पुर्ण रुपले सहयोग गर्ने बताउनु भयो ।”

    तालिममा सहभगिहरुले आफुले राम्रो सिप सिक्न पाएकोमा गाँउ पालिकालाई धन्यवाद दिदैँ सिपको सहि सदुपयोग गर्ने जानकरी दिनु भयो ।

    ग्राम्रिण प्रवद्घन केन्द्र, नुवकोटले सहजिकरण गरेको उक्त तालिममा १० जना महिलाले तालिम लिनु भएको थियो । लकडाउनका कारण स्थगीत भएको उक्त तालिम जेठ २१ गते बाट पुन सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिएको संस्थाको अध्यक्ष राम चन्द्र न्यौपानेले जानकारी दिनु भयो ।

    कार्यक्रममा वडा २,३,७ का अध्यक्षहरु क्रमश षडानन्द खनान, कपील प्रसाद रेग्मी, हरि प्रसाद खतिवडा र उद्योग शाखा अधिकृत सरिता शर्मा , स्वस्थ्य संयोजक राम प्रसाद ज्ञावाली, महिला बाल विकास संयोजक सानु माया भण्डारी लगायतको उपस्थििति रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १८:२७:५९ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology