शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सफलता आचार्य

१, आषाढ २०७७
  • 13.0K
    SHARES
  • धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका थप ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए ।

    images
    images

    संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं २ का २८, २८ वर्षीय पुरुष, वडा नं ५ का २४, २४, २९ वर्षिय पुरुष, वडा नं ७ का २८, ३७ वर्षीय पुरुष, वडा नं १० का २८ वर्षीय पुरुष, वडा नं १४ का ३७ वर्षीय पुरुष छन् ।

    गत जेठ ३० गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । संक्रमित मध्ये ५ जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १७:०८:३२ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology