शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरो पछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

पहिरो पछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

शिवराज आचार्य

४, आषाढ २०७७
  • 11.8K
    SHARES
  • पहिरो पछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

    धादिङ । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि एक तर्फि खुलेको छ । हिजो बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक एक तर्फि सञ्चालन गरिएको हो ।
    नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।
    पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागे पनि सवारीको चाप रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ०७:४३:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology