काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति लिन पर्ने भएको छ । राष्ट्रिय सभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरुको ब्यबस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत गरिने पनि उल्लेख गरिएको छ ।