आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिकाई सहजिकरणका लागि टोल-टोलमा शिक्षक कार्यक्रम

सिकाई सहजिकरणका लागि टोल-टोलमा शिक्षक कार्यक्रम

अनिल रुपाखेती

६, आषाढ २०७७
  • 17.2K
    SHARES
  • सिकाई सहजिकरणका लागि टोल-टोलमा शिक्षक कार्यक्रम

    अनिल रुपाखेती

    images

    कोरोना भाइरस (कोभिड १९) को कारण बिश्व ठप्प छ । विश्व सहित नेपालमा पनि दैनिक रुपमा कोरोना सँक्रमित बढिरहेका छन् । कोरोना सँक्रमित बढिरहँदा र केहिको सँख्यामा मृत्यु पनि भईरहँदा अहिलेको अवस्थामा हरेक क्रियाकलाप असहज महसुस पनि हुन थालेको छ । वातावरण सुनसान जस्तै छ । प्रकृती पनि मस्त निन्द्रामा निदाईरहेकी छिन् । मानिसहरूमा रोगको सङ्क्रमणको त्रास मानस्पटलमा अझै ताजा छ भने अर्को तिर दैनिक रुपमा जीवन प्रक्रिया संचालन गर्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा कोरोना भाइरस सङ्ग जुध्दै अघि बढ्नु पर्ने बाध्यता छ । यो रोग सङ्ग अब सावधानी अपनाई यसलाई हाम्रो जिवनकै अङ्गको रुपमा स्विकार्दै अघि बढ्नु पर्ने अवस्था सम्पुर्ण मानव जातिकै लागी बाध्यात्मक बन्न पुगेको छ । यसले शैक्षिक क्षेत्रमा पनि असर गरेको छ ।

    सिकाई सहजिकरणका लागि टोल टोलमा शिक्षक कार्यक्रम

    नेपालमा पनि बिगत चैत्र ११ गते देखिको लकडाउन यहि जेष्ठ ३१ गते सम्म कायम भएको थियो । यहि बिचमा धुनिबेशी ५ कुमाईखोला धादिङमा रहेको महादेवस्थान माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको बिद्यार्थी को नतिजा प्रकाशन गर्ने काम भयो । नतिजा प्रकासन पनि हामीले रेडियो र अनलाईनबाट गरेका थियौँ । स्थानिय सञ्चारमाध्यमबाट गरिएको उक्त परिक्षाफल प्रकाशन बास्तवमै प्रभावकारी रह्यो । परिक्षाफल प्रकाशन त गरियो तर कक्षा कहिले देखी सुरु हुने हो अन्यौल थियो र आज पनि त्यो अन्यौल कायमै छ । यसपछि नयाँ बिद्यार्थी हरुको लागी नाम दर्ता र किताब बितरण गर्ने काम पनि सम्पन्न गरियो । बिद्यार्थीहरुको सिकाइ क्रियाकलाप लाई सहजीकरण गर्ने उद्देश्यले हामीले अभिभावक, बिद्यालय व्यवस्थापन समिती र शिक्षकहरुको छलफल पश्चात एउटा कार्यतालिका लिएर अघि बढ्ने निर्णय गरियो । यसपछि “सिकाई सहजीकरणका लागी टोल टोलमा शिक्षक” कार्यक्रम लिएर बिद्यार्थीहरु माझ विभिन्न बिषयको प्रश्नपत्र निर्माण गरि सबै टोल टोलमा जाने निर्णय भयो । र सोहि अनुरुप अहिले नियमित रुपमा हामी समुदायमा गईरहेका छौँ ।

    हामीले हाम्रो विद्यालयको सेवा क्षेत्रका विद्यार्थीलाई समेट्ने उदेश्यले विन्दवासिनी सामुदायिक भवन, शारदा आधारभुत विद्यालय, ढकालखोलाको सामुदायिक भवन र बद्रिटारको सामुदायिक भवनमा विभिन्न मितीमा सिकाई सहजिकरण गरिरहेका छौँ । यस कार्यमा मलाई शिक्षक साथीहरु हरी बहादुर राई, दिपक भट्ट, माधव गजुरेल, उमेश सुबेदी, गँगा रुपाखेती, राधा श्रेष्ठ, सम्झना अधिकारी, समिर सापकोटा, सविना रोक्का सहित विद्यालय व्यवस्थापन समिती, अभिभावकहरु र स्वँय विद्यार्थीहरुले पनि साथ दिईरहनुभएको छ । यसमा अहिले बिद्यार्थीहरुलाई कक्षागत रुपमा ३ समुहमा बिभाजन गरि सिकाई सहजीकरण गरिँदै आएको छ । यस किसिमको क्रियाकलापबाट अभिभावक बिद्यार्थीमा प्रत्यक्ष फाईदा पुगेको छ । बिद्यार्थीहरुलाई कोरोना भाईरसको बारेमा जानकारी, यस बाट बच्ने उपाय र समाजमा लैजानु पर्ने जानकारीहरु समेत सिकाई सहजीकरण प्रक्रियामा गर्ने गरिएको छ । शिक्षकहरुले बिद्यार्थीहरु सङ्ग एउटा केन्द्रमा एउटा टोलका सबै तहका बिद्यार्थीहरुलाई दुरि कायम गरेर सिकाई सहजीकरण गर्दै आएका छन् ।

    यस किसिमको सिकाईले विद्यार्थीहरुले पनि कोराना भाईरस र यसबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी पाएका छन् भने विद्यालय भित्र सिकाईने औपचारिक शिक्षा पनि हासिल गरिरहेका छन् । समयले नयाँ शैक्षिक सत्र सुरु भएर पनि विद्यालयमा नै अध्ययन अध्यापन हुने समय भए पनि कोरोना भाईरसको महामारीका कारण हामीले गरिरहेको सिकाई सहजिकरण प्रभावकारी बन्दै गएको हाम्रो र समुदायको मुल्याँकन छ ।

    महादेवस्थान माध्यमिक विद्यालयको प्रधानाध्यापक रुपाखेती सँग गरिएको कुराकानीमा आधारित

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १४:११:०७ बजे

    अनिल रुपाखेती

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology