धादिङ । धादिङका थप ८ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले धादिङका १ महिला र ७ पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको बताएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या सहित कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कूल संख्या ८६०५ पुगेको छ ।