नागढुँगा । काठमाण्डौँ प्रवेश गर्ने मुख्य नाका नागढुँगामा घन्टौँ सवारी जाम हुने गरेको छ । सरकारले लकडाउन खुकुलो गरे सँगै आवतजावत बढेपछि नागढुँगा नाकामा दैनिकजसो घन्टौँ जाम हुने गरेको हो । सोमबार आज पनि सवारी साधनको लामो चाप रहेको छ ।
सरकारले जोरविजोर प्रणाली लागु गरेको छ । तर पनि अत्यावश्यक कामका लागि सवारी पास भएका सवारी साधन मात्र सञ्चालन गरिने बताईएपनि सामान्य कामका लागि पनि राजधानी भित्रिने र बाहिरिने सवारीको सँख्या बढेकाले चेकजाँचमा कडाई गरिएको नागढुँगा प्रहरीले जनाएको छ ।
पछिल्लो समय कोरोना सँक्रमित बढेपछि नाकामा हुने चेकजाँचमा कडाई प्रहरीको भनाई छ । यद्यपी सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । सडकमा धेरै सवारी साधन नदेखिएपनि नागढुँगा नाकामा प्रहरीले अनावश्यक चेकजाँच गरेर दुख दिएको सर्वसाधारणले बताएका छन् ।