शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यका भित्रिनेले कम्तीमा १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौं उपत्यका भित्रिनेले कम्तीमा १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

नागरिक पाटी

१०, आषाढ २०७७
  • 13.5K
    SHARES
  • काठमाडौं उपत्यका भित्रिनेले कम्तीमा १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

    काठमाडौं। कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए ।निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको सङ्ख्या बढ्न थालेको हो ।

    यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०७:०७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology