गजुरी । बेनिघाट रोराङ गाउँ पालिकाका कुपोषित बालबालिकाको २ सय ५ घर परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाम स्थित मिथिला वाइल्ड लाइफ ट्रष्ट र भोर नामक संस्थासँगको साझेदारीमा शान्ति नेपालले खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण गरेको हो ।परिवारलाई प्रति परिवार ३० किलो चामल, साढे २ किलो सर्वोत्तम पिठो ३ किलो, खाने तेल २ लिटर, दाल २ किलो, एक क्रेट अण्डा, मिश्रित गेडागुडी २ किलोको साथै ५ वटा हातधुने सावुन, २ वटा लुगाधुने सावुन, मञ्जन १ र ब्रश ३ थान स्वच्छता सामाग्री वितरण गरिएको छ।

यसै गरी गजुरी गाउपालिकाको ५८ घर कुपोषित बालबालिकाको परिवारलाइ पनि पोषण सामग्री वितरण गरिएको छ । कुपोषित बालबालिकाका परिवारलाई प्रति परिवार ३० किलो चामल, २किलो सर्वोत्तम पिठो ३ किलो, खाने तेल २ लिटर, दाल २ किलो, र सर्सफाइ सामग्री बितरण गरेको हो । चेपाङ समुदायमा आफ्नो आम्दानीले औषत ६ महिना मात्र खान पुग्छ भने बैशाखदेखि श्रावणभरी बहुसंख्यक परिवार ज्याला मजदुरीमा निर्भर हुन्छन्।विश्वब्यापी कोरोनाको महामारीका कारण आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुँदा ज्यालादारी कामको अभाव भएको र अती विपन्न परिवारमा खाद्य संकट बढ्दो छ । परिणामत समुदायमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको छ ।

पोषणको क्षेत्रमा काम गर्दै आएको शान्ति नेपालले यस विषम परिस्थितिमा कुपोषणका कारण बालविकासमा पर्ने क्षति न्यूनिकरणका लागि विशेष पोषण प्याकेज वितरण गरेको थियो । बेनिघाट रोराङ गाउँपालिकाको २०५ घर परिवारका २१० कुपोषित बालबालिका र गजुरी गाउँपालिकाको ५८ घर परिवारका ६१ जना कुपोषित बालबालिकालाई राहत वितरण गरेको शान्ती नेपालका परियोजना सम्योजक लाल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।