शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोनाकै कारण १५ हजार बढीको मृत्यु, संक्रमितको संख्या पाँच लाख नाघ्यो

भारतमा कोरोनाकै कारण १५ हजार बढीको मृत्यु, संक्रमितको संख्या पाँच लाख नाघ्यो

नागरिक पाटी

१३, आषाढ २०७७
  • 8.9K
    SHARES
  • भारतमा कोरोनाकै कारण १५ हजार बढीको मृत्यु, संक्रमितको संख्या पाँच लाख नाघ्यो

    काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबारसम्म भारतमा पाँच लाख ९ हजार ४४६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ।

    images
    images

    कोरोना कारण भारतमा हालसम्म १५ हजार ६८९ जनाको मृत्यु भइसकेको छ। विश्वमा पाँच लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा भारत चौथौं नम्बरमा परेको छ। यसअघि अमेरिका, ब्राजिल र रुसले यो आकडा पार गरिसकेका छन् । भारतमा पछिल्लो समय दैनिक १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। पछिल्लो चौबिस घण्टामा मात्र भारतमा १८ हजार २७६ कोरोना संक्रमित थपिएका थिए।

    भारतमा रहेका कोरोना संक्रमित मध्ये दुई लाख ९५ हजार ९१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा एक लाख ९७ हजार ८४० जना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०८:५२:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology