शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि हजारौं घरपरिवार जोखिमयुक्त बस्तीमा

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि हजारौं घरपरिवार जोखिमयुक्त बस्तीमा

नागरिक पाटी

२०, आषाढ २०७७
  • 7.9K
    SHARES
  • भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि हजारौं घरपरिवार जोखिमयुक्त बस्तीमा

    काठमाडौं । भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि हजारौं सर्वसाधारण जोखियमुक्त बस्तीमा बस्न बाध्य भइरहेका छन् । नेपालमा महाभूकम्प २०७२ का कारण हजारौं घरपरिवार जोखियुक्त बस्तीमा छन् । उनीहरुको उचित व्यवस्थापनमा सरकारको ढिलाइ र बेवास्ता भएको पाइएको छ । सरकारी ढिलासुस्ती, कानुनी तथा आर्थिक जटिलतालगायतका कारण अहिले पनि हजारौं घरपरिवार जोखिमयुक्त बस्तीमा नै बसिरहेका छन् ।

    images
    images

    स्थानान्तरण, जग्गा खरिदका लागि अनुदान वितरण तथा एकीकृत बस्ती निर्माणमा ढिलाइ हुँदा जोखिमयुक्त बस्तीमा रहेकाहरुको सुरक्षामा पनि चिन्ता थपिएको छ । बाढीपहिरोका कारण जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेकाको सुरक्षामा पनि खतरा थपिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लकडाउनअघि ४ हजार ८ सय २९ भूकम्प प्रभावित घरपरिवारमध्ये ६ सय २९ घरपरिवारलाई मात्र जग्गा उपलब्ध गराएको छ । प्राधिकरणले २ हजार ३ सय ९३ घरपरिवारलाई जग्गा खरिद अनुदान उपलब्ध गराएको जनाएको छ ।

    भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको प्राधिकरणले जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई एकीकृत बस्ती विकास गरी स्थानान्तरणको कार्य अघि बढाएकामा हालसम्म ९ एकीकृत बस्तीको मात्र कार्य सम्पन्न भएको पाइएको छ । बस्ती स्थानान्तरणमा पनि सरकारी ढिलासुस्ती भएको पाइएको छ । राजधानी दैनिक बाट

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - ११:२७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology