बैरेनी । चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङ र युएमएन धादिङको संयुक्त साझेदारीमा धादिङको गल्छी गाउँपालिकालाई आइसोलेसन सुधार सामग्री बितरण गरिएको छ । कोभिड १९ को उच्च जोखिम रहेको बेला क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई थप राहत र हौसला प्रदान गर्ने उदेश्यले ८ वटा आईसोलेसन वेड, स्यानिटाइजर, पानी तताउने कित्ली,फिभर गन, पानी चिसो तातो बनाउने बिद्युतिय उपकरण, पिपिइ सेट, डिजिटल थर्मोमिटर, सर्जिकल माक्स, के एन ९५ माक्स लगायतका सामग्रीहरु बितरण गरिएको हो । २ लाख बराबरको सामग्री बितरण गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले बताउनु भयो ।
कार्यक्रममा संघिय साँसद भुमी त्रिपाठिको प्रमुख आतिथ्य , गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको बिशेष आतिथ्य , उपाध्यक्ष राधा तिम्लसिना ,वडा नम्बर ६ का वडाध्यक्ष राजन श्रेष्ठ , ७ नम्बर वडाका अध्यक्ष हरि खतिवडा, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवाली लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै साँसद त्रिपाठिले गल्छी गाउँपालिकालाई गरेको सहयोग निकै महत्वपुर्ण रहेको बताएका छन् । यस्ता सहयोगले पालिकामा थप राहात प्रदान गर्ने समेत उहाँले बताएका छन् । गाउँपालिका अध्यक्ष श्रृष्ठले पनि आफ्नो गाउँपालिकाको लागि यस्ता सहयोग खाचो परेको र यो कठिन परिस्थितिमा प्राप्त सहयोग प्रती विशेष आभार तथा धन्यवाद ब्यक्त गर्नुभयो ।